नेपालको संविधानको धारा २१७ मा गाउँपालिका तथा नगरपालिकामा एक न्यायिक समिति रहने संवैधानिक व्यवस्था भए अनुरुप स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ बमोजिम गठीत न्यायिक समितिको काम कारवाहीलाई समय सापेक्ष र प्रभावकारी बनाउंदै लैजाने क्रममा प्रचलित कानून बमोजिम उजूरीको कारवाही र किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि तय गरी काम कारवाही गरिदैं आएको र यस शिलशिलामा डिजिटल प्रविधिबाट काम कारवाही गर्न समय सापेक्ष भएकोले कानूनको शासन तथा न्याय प्राप्तिको जन विश्वास कायम राखी स्थानीय तहको न्यायिक अधिकारलाई प्रभावकारी बनाउन बनेपा नगरपालिका न्यायिक समितिले डिजिटल प्रणालीमा काम कारवाही शुरु गरेको छ । बनेपा नगरपालिका न्यायिक समितिलाई प्रभावकारी रुपमा अगाडि बढाउन यस प्रविधिले महत्वपुर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
Readmore
बारम्बार सोधिने प्रश्न
नेपालको संविधानमा व्यवस्था भएअनुसार कानूनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्न नगरपालिकाले प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा नगरसभाबाट आफूमध्येबाट निर्वाचित गरेका दुई सदस्य सहित गठन हुने तीन सदस्यीय समिति नै न्यायिक समिति हो।